ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मूल्य रु नौ सयले बढ्यो

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १२:५७:२५ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलवारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top