होमपेज / अर्थ
काठमाडौं । कारोबारको दोस्रो दिन नेप्से परिसूचक दिन दोहोरो अंकले बढेको छ । केही दिनदेखि लगातार घटिरहेको नेप्से आज भने १३.८३ अंकले बढ्दै २७१२.०७ विन्दुमा रोकिएको हो ।
दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा १३ अंकले बढेर बन्द भएको हो ।नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।
यस दिन बैंकिङ ३, होटल तथा पर्यटन ७६, विकास बैंक २७, जलविद्युत २२, निर्जीवन बीमा ७२, अन्य १३, माइक्रोफाइनान्स १४, जीवन बीमा १९९ र लगानी समूह १ अंकले बढेका छन्। ब्यापार ५०, फाइनान्स १८ र उत्पादन समूह १९ अंकले घटेका छन्। यस दिन १२२ कम्पनीको मूल्य बढेको छ भने ५४ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो।
आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १२२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५४ कम्पनीको भने सेयर मूल्य घटेको छ ।