ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा पहिलाे काराेबार दिन नै सेयर बजारमा भारी गिरावट

शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय तल

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १५:५९:५४ मा प्रकाशित

काठमाडौं । आइतबारकाे सार्वजनिक बिदापछि साेमबारबाट खुलेकाे सेयर बजारमा पहिलाे काराेबार दिन नै सेयर बजारमा भारी गिरावट भएकाे छ ।

सोमबार शेयर बजारमा एक सय अंक माथिको पहिरो गएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय तल झरेकाे छ । नेप्से सूचक ११४.०२ अंकले घटेर २६९८.२५ विन्दुमा झरेको हाे।

यस दिन ८ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु राताम्मे भएका छन्।बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्। 

चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ। लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ। 

कोरोना महामारीका बेला बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको थियो । अघिल्लो वर्ष यहीँ समयमा पनि कबिर २ सय अर्ब हाराहारीमा तरलता थियो । तर अहिले २० अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ । सेयर बजारमा यस्ता घटनाहरु भइरहन्छन् । आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्नुपर्छ । जोखिम बहन क्षमतालाई ख्याल गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top