ट्रेण्डिङ

होमपेज / अर्थ

अर्थमन्त्री शर्माले भने-होहल्लाकै बीच बजेट पारित गर्नु बाध्यता हो

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १४:२६:५२ मा प्रकाशित

 काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सदनबाट बाहिरिने क्रममा उनले विगतको सरकारप्रति पूर्वाग्रह नराखेको बताएका हुन् ।विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित गर्नु बाध्यता भएको बताए ।

‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने ।'बजेट रोक्दा सबै कुरा ठप्प हुने भएकाले अघि बढाउनै पर्ने बाध्यता छ । हामीले कुनै पनि योजना काटेका छैनौँ र विगतको सरकारको योजना रोकेका पनि छैनौँ,' शर्माले भने ।

प्रमुख प्रतिपक्षी दलसँग निरन्तर वार्ता संवाद भइरहेको उनको दाबी छ ।  राजश्व बढाउने लक्ष्य राखेर सरकारले विगतको सरकारको बजेटमा तीन प्रतिशतले संशोधन गर्नुबाहेक केही नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top