ट्रेण्डिङ

होमपेज / अर्थ

विनियोजन विधेयक प्रतिनिधसभाबाट पारित

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १४:०६:३५ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक प्रतिनिधिसभाको बैठकबाट आज पारित भएको छ ।प्रमुख प्रतिपक्ष दलको एमालेको अवरोधकाबीच सोमबारको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमाथि गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तु गरेका थिए । सो विधेयक प्रस्तुत भएको ७२ घण्टासम्म संसदबाट पारित गर्न नमिल्ने भएकाले संसद बैठंक ४ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

त्यसअघि मन्त्रालयगत बजेट छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए । उनले उठाएका प्रश्नको जवाफ दिएसँगै सभामुख अग्नि सापकोटाले जवाफमा चित्त नबुझेमा स्पष्टीकरण माग गरेकोमा सांसद सुवालले स्पष्टीकरण माग गरेका थिए ।

आज प्रतिनिधिसभाले प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच विनियोजन विधेयक पारित गरेको भए पनि सरकारले तत्काल बजेट खर्च गर्न पाउनेछैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top