ट्रेण्डिङ

होमपेज / अर्थ

काँकरभिट्टा नाकाबाट ३५ अर्ब व्यापार घाटा

नेपालगाथा २०७८ भाद्र १५ गते मंगलबार १०:००:२८ मा प्रकाशित

झापा । पूर्वी नाका झापाको काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ। आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ। गत आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ। उक्त नाकाबाट आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए।

उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ। आर्थिक वर्षा २०७६/७७ को तुलनामा २०७७/७८ मा ९ अर्ब ६५ करोड रूपैयाँले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब रुपैयाँ बढेको छ। काँकरभिट्टा नाकाबाट भारत, बंगलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top