होमपेज / अर्थ
काठमाडौं । नेप्से परिसूचक ८.२४ अंकले घट्दै ३,०३०.४३ विन्दुमा रोकिएको छ ।
सोमबार सेयर बजारको परिसूचक नेप्सेमा ८ अंकको सुधार आएको छ। सो अंकको गिरावटपछि परिसूचक ३ हजार ५० अंकमा कायम भएको छ।अघिल्लो दिन सूचकमा व्यापक तेजी आएको थियो । सोही कारण ट्रेडरले नाफा बुक गर्दा सोमबार बजार थोरै प्रभावित भएको हो ।
सूचक सामान्य तल झरे पनि खरिदबिक्री रकम औसतमा राम्रो छ । कारोबार रकम अघिल्लो दिनभन्दा केही कम भए पनि औसतमा भने राम्रो हो । साउन लागेसँगै समग्रमा बजारमा तेजी छाएको छ । बढ्दो क्रममा रहेको बजारमा बेलाबखत सामान्य करेक्सनहरु आउने गर्छ ।
आज ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर किनबेचमा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रूपैयाँ कारोबार भयो । यो रकम हिजोभन्दा १७ करोडले कमी हो ।यस दिन ७ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। ग्रीनलाइफ हाइड्रोपावर, जानाकी फाइनान्स, रिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो, विशाल बजार कम्पनी, ङादी ग्रुप र हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। त्यसपछि सान्जेन र रसुवागढी जलविद्युतको साढे ८ प्रतिशतले बढेको छ। प्रोग्रेसिभ फाइनान्सको मूल्य ८ प्रतिशतले बढ्यो।
आज बैंकिङ समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने कमाउनेमा हाइड्रोपावर कम्पनीका सेयरधनी छन् ।