होमपेज / अर्थ
काठमाडौं । आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ ।
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा सेयर बजारमा आकर्षक चमक देखिएको छ । नेप्से सूचकमा आकर्षक वृद्धि भएको छ । यस्तै, सूचकको वृद्धिलाई सेयर कारोबार रकमले पनि राम्रो साथ दिएको छ । आइतबार दिउँसो १ः३० बजेसम्म नेप्से सूचक ८०.५९ अंकले बढेर २९६३.९९ विन्दुमा पुगेको छ । समग्रमा बजार २.७९% ले बढिसकेको छ । यस्तै, ७ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिदबिक्री भएको छ ।
पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला सबै कम्पनीका सूचक हरियाली बनेका छन् भने लगानीकर्ता पनि बजारको नयाँ यात्रा देखेर उत्साहित बनेका छन् । यो समाचार तयार पार्दासम्म शेयर बजार परिसूचक नेप्से ७१ दशमलव ७६ अंकले बढेर २९५५ दशमलव १६ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि ७ अर्ब ८६ करोडको हाराहारीमा पुगेको छ ।