होमपेज / अर्थ
काठमाडौं, १ साउन सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । आजबाट मासिक २ हजार रुपैयाँले सरकारी कर्मचारीको तलब वृद्धि भएको छ ।
केपी ओली नेतृत्वको सरकारले २०७८ साउन १ गतेदेखि सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गर्ने बजेटमा प्रस्तुत गरेको थियो । यससँगै आजबाट सरकारी कर्मचारीको तलब बढेको हो ।
यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।