ट्रेण्डिङ

होमपेज / अर्थ

गृहमन्त्री बालकृष्ण खाँणले आर्थिक वर्ष २०७८/८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने

नेपालगाथा २०७८ असार ३० गते बुधबार १६:०७:५३ मा प्रकाशित

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८–७९ को बजेट के गर्ने भन्ने विषयमा विज्ञहरूसँग छलफल गरेर निर्णय लिने बताएका छन् । 

बुधबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँणले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने बताएका हुन् ।

उनले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने बताए । ‘विज्ञ र प्रशासकहरूसँग सल्लाह गर्छौं र त्यसका सीमाहरू के छन्, कानुनी र संवैधानिक प्रक्रियाहरू के छन् त्यसको अध्ययन गरेर संवैधानिक, कानुनी र अहिलेको वस्तुस्थितिलाई ध्यानमा राखेरै हामी निर्णय लिन्छौं,’उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top