ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार मंगलबार सकारात्मक गतिमा:अब सुरु होला त नेप्सेको नयाँ यात्रा ?

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १५:५९:११ मा प्रकाशित

काठमाडौं : सेयर बजार मंगलबार सकारात्मक गतिमा अघि बढेको छ । सोमबार राजनीति केही अन्योलग्रस्त हुन सक्ने आशंकामा सर्वसाधारण लगानीकर्ता डराएका थिए ।

साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से १६.३४ अंकले वृद्धि हुँदा २८७१.०३ अंकमा बन्द भएको छ ।आइतबार ७३ अंकको उच्च वृद्धि भएको बजारमा सोमबार संसद् पुनःस्थापनाको समाचारका बाबजुत पनि नेप्से ४४ अंकले घटेको थियो । तर आज पुनः बढेको छ ।

मौद्रिक नीति आएपछि कतिपयमा रहेको अन्योलता पनि हट्ने अपेक्षा गर्न सकिन्छ । अहिलेको अवस्थामा सेयर बजारलाई धेरै नकारात्मक हुने मौद्रिक नीति नआउने अनुमान गर्न सकिन्छ । यस्तै, अरु पाटोमा हेर्दा पनि बजारमा नकारात्मक पक्ष खास देखिएका छैनन् । लगानीकर्ताले कर तिरिसकेका छन् ।आइतबार ८ अर्ब र सोमबार करिब १० अर्बको कारोबार भएको बजारमा आज भने कारोबार रकम साढे ५ अर्बमा झरेको छ । सेयर बजार समग्रमा बुलिस ट्रेन्डमा रहेको छ ।आज नेप्सेमा वित्त कम्पनीमा उच्च आकर्षण देखिँदा विकास बैंक र वित्त कम्पनीमा पनि लगानीकर्ता आकर्षित भएका छन् । 

यसैगरी, खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top