होमपेज / अर्थ
काठमाडौं : सेयर बजार सोमबार केही अस्थिर देखिएको छ ।सेयर बजारमा डेढ प्रतिशतभन्दा माथिको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ४५.०६ अंकले घट्दै २८५४.७७ विन्दुमा रोकिएको छ ।आज २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेचमा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको सेयर कारोबार ४७ करोड रूपैयाँ बराबरको भएको छ ।
आज नेप्सेमा म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट आएको छ । म्युचुअल फन्ड उपसूचक ०.१६ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.९१ प्रतिशत, हाइड्रोपावर उपसूचक २.१४ प्रतिशत, लगानी उपसूचक २.६५ प्रतिशत, विकास बैंक उपसूचक २.१ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१४ प्रतिशतले घटेको छ ।
आज म्युचल फण्डबाहेक सबै उप-समूहको परिसूचक राताम्मे भएको छ ।