ट्रेण्डिङ

होमपेज / अर्थ

कारोबारको पहिलो दिन नेप्से परिसूचक ७३.३३ अंकले बढ्दै २८९८.४३ विन्दुमा

७४ अंकले नेप्से बढ्दा ८ अर्ब ६ करोडको कारोबार

नेपालगाथा २०७८ असार २७ गते आइतबार १७:१०:३५ मा प्रकाशित

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ७३.३३ अंकले बढ्दै २८९८.४३ विन्दुमा रोकिएको छ । आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १३.५१ अंकले बढेको छ ।

सेयर बजारमा हरियाली छाउँदा नेप्से २१.६४ प्रतिशतले बढेर २९०० अंक नजिक पुगेको हो । आर्थिक वर्ष सकिनै लाग्दा बजार परिसूचक र कारोबार रकम दुबैमा वृद्धि देखिएको हो । नेपाल राष्ट्र बैंकले अर्को साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको र आर्थिक वर्षको अन्तिममा ट्रेडरहरु हावी हुँदा बजारमा हरियाली छाएको दलाल व्यवसायीहरु बताउँछन् ।

यससँगै २२५ वटा कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै उपसूचक बढेका छन् ।यता, कर्पोरेट डेभलमेन्ट बैंक, ओरिएन्टल होटेल, अपर तामाकोशी हाइड्रोपावर र नेपाल दुरसञ्चार कम्पनीको सेयर मूल्य भने घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top