ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट,कारोबार रकम साढे ४ अर्ब

नेपालगाथा २०७८ असार २३ गते बुधबार १५:५७:२१ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८ सय १ दशमलव १३ विन्दुमा आइपुग्यो ।

आज १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ५८ करोड कारोबार भयो । आज छिमेकी लघुवित्तको ४३ करोडको सेयर कारोबार भयो भने अपर तामाकोशी २६ करोड बराबरको किनबेच भयो ।

निर्जिवन बिमा उपसमूह सबैभन्दा उच्च १४४.७७ अंकले ओर्लिँदा उत्पादनमूलक उपसमूह पनि १३३ दशमलव ०८ विन्दुले झर्‍यो ।आज विकास बैंक तथा माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको परिसूचकमा रातो लागेको छ ।२२२ कम्पनीको १ करोड १६ लाख बराबर कित्ता सेयर ४ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top