होमपेज / अर्थ
काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ ।
जीवन विकास लघुवित्त वित्तिय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।