ट्रेण्डिङ

होमपेज / अर्थ

आरबिबी म्युचुअल फण्ड– १ आजदेखि बिक्रीमा

नेपालगाथा २०७८ असार २३ गते बुधबार १४:२०:०८ मा प्रकाशित

काठमाडौँ । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य १० का दरका १० करोड इकाइ जारी गरिने छ । यसमध्ये एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ ।

बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ । म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड इकाइसम्म आवेदन दिन सकिने छ । निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ ।

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो।  यस योजनाको समयावधि सात वर्ष रहेको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top