ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार घट्ने क्रम मंगलबार पनि रोकिएन,कारोबार पनि घट्यो

नेपालगाथा २०७८ असार २२ गते मंगलबार १६:१०:३२ मा प्रकाशित

काठमाडौं । सेयर बजार घट्ने क्रम मंगलबार पनि रोकिएन । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।यस दिन सेयर बजार परिसूचक नेप्से ५.२४ अंकले घटेर २८ सय १८.१० विन्दुमा आइपुगेको छ । कारोबार भएका अधिकांश समूहमा गिरावटसँगै नेप्से झरेको हो ।

नेप्से माथिल्लो विन्दुमा पुगेको बेला सेयर बिक्री गरेकाहरु अझै आक्रामकरुपमा बजारमा प्रवेश नगर्दा नेप्से सुस्त हुनेक्रम मंगलबार पनि जारी रहेको छ । असार लागेपछि संस्थागत लगानीकर्ता, म्युचुअल फन्ड तथा केही ठूला लगानीकर्ताले सेयर बिक्री गरे । उनीहरुकै चाहनामा नियामक नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको अस्त्र प्रहार गर्यो । त्यही भएर बजार धेरै मारमा परेको आम लगानीकर्ताको बुझाई रहेको छ । असार मसान्त नजिकिदै जाँदा सरकारको खर्च रफ्तारमा बढेको छ । यसरी भएको खर्चको अब धमाधम भुक्तानी हुने भएकाले त्यो पैसा सरकारी खाताबाट बजारमा आउँछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ११ वर्षपछि औपचारीक रूपमा विद्युत् उत्पादन भएसँगै उक्त कम्पनीको शेयरमूल्य आकाशिने आकलन गरिएको थियो । तर, उत्पादन सुरु भए पनि त्यसको प्रभाव कम्पनीको शेयरमूल्यमा देखिएको छैन । बरु उल्टै दुई दिनमै ८ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको छ ।

मंगलबार कारोबारमा आएका २ सय २० कम्पनीको १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता शेयर ४६ हजार ३ सय १० पटक किनबेच हुँदा कुल ४  अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top