होमपेज / अर्थ
काठमाडौं । आज नेप्से परिसूचक ११.७८ अंकले घट्न पुगेको छ । कारोबार रकम पनि ४ अर्ब ५८ करोड रुपैयाँमा सिमित भएको छ ।
सेयर बजारमा कारोबार रकम र बजार परिसूचक लगातार घट्दै गएको छ । लगातार साताको दोस्रो कारोबार दिन पनि सेयर परिसूचक नेप्सेमा गिरावट आएको छ ।बजार परिसूचक ओरोला लाग्दा कारोबार रकम पनि ५ अर्बबाट झरेको छ । आज नेप्सेमा १ करोड ६३ हजार ६३६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १३ हजारको कारोबार भएको छ ।
सेयर बजारमा संकुचन आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि घटेको छ । असार सुरुदेखि नै ह्रास आउन थालेको बजार अझै तंग्रिन सकेको छैन । असारमा कर तिर्ने चटारो र बैंकको साँवा–ब्याज बुझाउने दबाब एकसाथमा परेकाले बजार केही संकुचित भएको अनुमान गरिएको छ । साथै, बजारले मौद्रिक नीति पनि कुरेको देखिन्छ ।
आज १ करोड ६३ हजार ६३६ कित्ताको कारोबार हुँदा सबैभन्दा बढी हिमालय डिष्टिलरीको ४१ करोड रुपैयाँ बराबरको भएको छ ।यसैगरी अपर तामाकोशीको शेयर मूल्य पनि १९ करोड रुपैयाँ बराबरको भएको छ । आज विशाल बजारको शेयर मूल्य सबैभन्दा धेरै करिव १० प्रतिशतले बढेको छ । आज व्यापार, उत्पादन, अन्य, म्यूचल फण्ड र लगानी समूह बाहेक अन्य समूह रातो भएका छन् ।