ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार बिहीबार सकारात्मक गतिमा,१९ अंकले बढ्यो नेप्से

विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

नेपालगाथा २०७८ असार १७ गते बिहीबार १६:१७:५७ मा प्रकाशित

काठमाडौं : सेयर बजार बिहीबार सकारात्मक गतिमा अघि बढेको छ । 

साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से १९ अंकले बढेको छ ।  बिहीबार नेप्से १९.१२ अंकले वृद्धि हुँदा २८४३. अंकमा बन्द भएको हो ।कारोबारमा आएका २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँमा कारोबार भयो । कारोबारमा आएको निर्जीवन बीमा समूहबाहेक सबै समूहका सूचक घटेका छन् । 

 बजार अब विस्तारै अनि क्रमशः सकारात्मक लयमा अघि बढ्ने अनुमान गरिएको छ । धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणपछि बिग्रिएको बजार अब विस्तारै नयाँ गतिमा जाने तरखरमा रहेको विश्लेषकहरु बताउँछन् ।

आज नेप्सेमा नेको इन्स्योरेन्सले कारोबार रकममा लिड गरेको छ । कम्पनीको सर्वाधिक ३० करोड ७२ लाख ५० हजारको कारोबार हुँदा  ज्योति विकास बैंकको १८ करोड ६४ लाख ७१ हजारको कारोबार भएको छ । यस्तै, मेगा बैंकको १८ करोड २४ लाख ५२ हजारको कारोबार भएको छ ।विकास बैंक, वित्त कम्पनी, होटेल तथा पर्यटन र अन्य उपसूचकले बजारलाई डोहोर्‍याएको छ । आज होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ३.९४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ३.६३ प्रतिशतले बढेको छ । वित्त कम्पनी उपसूचक २.९४ प्रतिशतले बढेको छ । यस्तै, अन्य उपसूचक १.७३ प्रतिशत र लगानी उपसूचक १.१५ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक १.१६ प्रतिशतले वृद्धि हुँँदा निर्जीवन बिमा उपसूचक भने ०.०४ प्रतिशतले घटेको छ ।

सेयर बजार समग्रमा बुलिस ट्रेन्डमा रहेको छ । वित्तीय प्रणालीमा सहज तरलता, सस्तो ब्याजदरले पनि बजारको औसत गति माथितिर जान सहयोग गरेको हो । अनलाइन प्रणालीको विकासले देश–विदेशमा रहेका लगानीकर्तालाई कारोबार गर्न निकै सहज भएको छ । प्रविधिको मूल्य पनि सेयर बजारमा देखिने जानकारहरुले बताएका छन् । 

आज ओरियन्टल होटलको ९ दशमलव ९७ प्रतिशतले शेयरमूल्य बढेको छ भने गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको ९ प्रतितशभन्दा धेरैले शेयरमूल्य बढेको छ ।

त्यस्तै, कुमारी इक्विटी फण्डको ३ दशमलव ३३ प्रतिशतले शेयरमूल्य घटेको छ भने राधी जलविद्युत्, एनएलजी इन्स्योरेन्स, सूर्योदय लघुवित्तलगायत कम्पनीको शेयरमूल्य पनि घटेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top