ट्रेण्डिङ

होमपेज / अर्थ

शेयरमा हरियाली, कारोबार रकम करिब ८ अर्ब

नेप्से परिसूचक आज ५.११ अंकले बढ्दै २८७५.५० विन्दुमा

नेपालगाथा २०७८ असार १४ गते सोमबार १६:२३:५० मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक आज ५.११ अंकले बढ्दै २८७५.५० विन्दुमा बन्द भएको छ ।

साताको पहिलो दिनबाटै शेयरबजारमा हरियाली छाउँदा त्यसको प्रभाव दोस्रो दिन पनि परेको छ । आइतबार २७ अंकले बढेको नेप्से सूचक सोमबार पनि ५ अंकले बढ्न पुगेको छ ।सेयर बजारमा सोमबार माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहमा तेजी आएको छ । बैंकिङ समूह पनि हरियो बनेको छ । लामो समयदेखि माइक्रोफाइनान्सका सेयरहरु बढ्न सकेको थिएन ।

कारोबार भने माथि उक्लिन सकेको छैन । सोमबार पनि ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १५ रुपैयाँको कारोबार भएको छ । जसमा २ सय १९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता शेयर ८१ हजार ३ सय पटक किनबेच हुन पुग्यो । १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ताको सेयर किनबेचमा आज ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रूपैयाँ कारोबार भएको छ । आज बैंकिङ होटल एण्ड टुरिजम, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, म्यूचल फण्ड तथा उत्पादन समूहबाहेकका समूह रातो भएका छन् ।

सेयर बजार समग्रमा बुलिस ट्रेन्डमा रहेको छ । वित्तीय प्रणालीमा सहज तरलता, सस्तो ब्याजदरले पनि बजारको औसत गति माथितिर जान सहयोग गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top