ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि : वाणिज्य बैंकहरु अघि लागेपछि बढ्न थाल्यो सेयर बजार

नेपालगाथा २०७८ असार १३ गते आइतबार १६:२३:१२ मा प्रकाशित

काठमाडौं : वाणिज्य बैंक समूह अघि बढ्ने प्रयास गर्न थालेपछि नेप्से सूचक पनि सकारात्मक बनेको छ ।

गत साता १२५ अङ्कभन्दा बढीले गिरावट भएको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिनमा नै दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.३८ प्रतिशतले बढेर  २८७०.३८ अङ्कमा बन्द भएको छ ।

आइतबार विशेषगरी वाणिज्य बैंक समूहमा चमक आएको छ । थोरै मात्रामा भए पनि अधिकांश बैंकहरुको भाउ बढेको छ ।काराेबार अवधिभर उतारचढाव देखिएको नेप्से आजको कारोबार दिनमा २८८३.०८ अङ्कको उच्च बिन्दुमा पुग्दा २८३४.४२ अङ्कसम्म झरेको थियो । आज बजारमा २ करोड कित्ताभन्दामाथि सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब नाघेको छ । २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३३ हजारको कारोबार भएको छ ।

समग्रमा सेयर बजारको विशेषता भनेकै निरन्तर एउटै बाटोमा नहिंड्ने नै हो । बजार तलमाथि गरिरहन्छ । घटेको बजार बढ्छ भन्नेमा ढुक्क हुन आवश्यक छ ।  घटेका बेला किन्ने र बढेका बेला बिक्री गर्न सके बजारबाट लाभ लिन सकिन्छ । यस्तै, दीर्घकालीन लगानीकर्तालाई भने यसरी दिनहुँ भइरहने उतारचढावसँग खासै मतलब हुँदैन ।

बैंकिङ र हाइड्रोपावर उपसूचकले तानेको बजारमा विकास बैंक, वित्त कम्पनी, निर्जीवन बिमा, जीवन बिमा र होटेल तथा पर्यटन उपसूचकमा भने गिरावट भएको छ । लगानीकर्ताको रोजाइमा हाइड्रोपावर र बैंकिङ क्षेत्र पर्दा नेसनल हाइड्रोपावरको सवार्धिक ४० करोड ७० लाख २६ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top