ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो

‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता

नेपालगाथा २०७८ असार १० गते बिहीबार १६:२०:३२ मा प्रकाशित

काठमाडौं : सेयर बजार बिहीबार सामान्य देखिएको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से २१६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको छ । केही समययता घट्दो प्रवृत्तिमा रहेको बजार विस्तारै सम्हालिने प्रयास गर्दैछ । सूचक रातो भए पनि घट्दोदर भने क्रमशः साँघुरो बन्दै गएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । जेठ ३० गते १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको बजारमा गत साताबाट नेप्सेसँगै कारोबार रकम पनि क्रमशः घट्दै गएको छ ।आज नेप्सेमा होटेल तथा पर्यटन र हाइड्रोपवारबाहेक सबै उपसूचक घटेका छन् । हाइड्रोपावर उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक १.१७ प्रतिशतले बढेको छ ।विकास बैंक उपसूचक १.६४ प्रतिशतले ओरालो लाग्दा वित्त कम्पनी उपसूचक १.३१ र निर्जीवन बिमा उपसूचक १.२१ प्रतिशत र अन्य उपसूचक १.३८ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ उपसूचकमा पनि ०.३९ प्रतिशतको करेक्सन भएको छ ।

नेप्सेमा कारोबार भएको मध्ये १८३ कम्पनीको सेयर किनबेच हुँदा १४७ कम्पनीका सेयर मूल्य घटेको छ ।नेप्से सूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा अडिएको छ । ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१९ कम्पनीको १ करोड ३२ लाख १० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top