ट्रेण्डिङ

होमपेज / अर्थ

मंगलबार आकर्षक हिसाबले बढेको सेयर बजार बुधबार फेरि सुस्त

आज बजार परिसूचक नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ अंकमा बन्द

नेपालगाथा २०७८ असार ९ गते बुधबार १६:५९:३६ मा प्रकाशित

काठमाडौं : मंगलबार आकर्षक हिसाबले बढेको सेयर बजार बुधबार फेरि सुस्त भएको छ ।साताको तेस्रो कारोबार दिन हिजो ‘बाउन्स ब्याक’  भएको सेयर बजारमा आज पुनः करेक्सन भएको हाे।

गएको साता नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै विभिन्न ५१ कम्पनीका विवरण सार्वजनिक गरेपछि लगातार एक सातासम्म ‘डाउन ट्रेन्ड’मा देखिएको सेयर बजारमा मंगलबार भने अचानक ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो ।

राजनीतिक अस्थिरता झनै चुलिएको र बैंकिङ प्रणालीमा तरलता अभाव भएका खबरहरु सार्वजनिक हुँदा पनि सेयर बजारका लगानीकर्ता केही हच्किएको अनुमान गरिएको छ ।  आज बजार परिसूचक नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ अंकमा बन्द भएको छ । बजार परिसूचक मात्रै नभएर कारोबार रकम पनि लगातार घट्दै गएको छ ।आज नेप्सेमा कारोबार रकम गत वैशाख ३० गतेयताकै न्यून भएको छ ।

आज नेप्सेमा १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७२ हजारको कारोबार भयो ।सेयर बजारका लगानीकर्तामा धैर्यता निकै महत्वपूर्ण पक्ष हो । सेयर किनेपछि घट्न पनि सक्छ । कतिपय अवस्थामा लामो समयसम्म होल्ड गर्नुपर्ने पनि हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top