ट्रेण्डिङ

होमपेज / अर्थ

केही दिनको लगातार गिरावटपछि मंगलबार सेयर बजार सम्हालिने प्रयासमा

नेपालगाथा २०७८ असार ८ गते मंगलबार १५:२०:४३ मा प्रकाशित

काठमाडौं : केही दिनको लगातार गिरावटपछि मंगलबार सेयर बजार सम्हालिने प्रयासमा लागेको छ ।लगातार ७ दिनसम्म घटेको बजारमा मंगलबार सुधार आउँदा राधी जलविद्युत्‌ कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

नेप्सेमा उतारचढाव भइरहेको छ । तर बजार क्रमशः माथितिरै लाग्ने प्रयास गरिरहेको छ । कारोबार सुरु भएको ३० मिनेट नहुँदै राधी जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अहिलेसम्म नेप्से सूचक १५ दशमलव २४ अंकले बढेर २८४९ दशमलव ६५ अंकमा पुगिसकेको छ भने ३ अर्ब ४५ करोड मूल्यको शेयर किनबेच भइसकेको छ ।कारोबार भएकामध्ये १ सय ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयरमूल्य नकारत्मक नै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top