ट्रेण्डिङ

होमपेज / अर्थ

धितोपत्र बोर्डले बजारमा चलखेर गरेको भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गरेको विषयमा अर्थमन्त्रीकाे चासो

बजारमा सकारात्मक हस्तक्षेप गर्न निर्देशन

नेपालगाथा २०७८ असार ८ गते मंगलबार १५:१६:१८ मा प्रकाशित

काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डले बजारमा चलखेर गरेको भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गरेको विषयमा चासो राखेका छन् । उनले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भेटेर बजारमा सकारात्मक हस्तक्षेप गर्न निर्देशन दिए ।

सेयर बजारमा लगानीकर्ताहरु छिटो आत्तिने भएकाले त्यसमा ध्यान दिन उनले बोर्डका अध्यक्षलाई आग्रह गरेका छन।धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले ५१ कम्पनीको सूची प्रकाशन गर्नुपर्ने कारणबारे अर्थमन्त्री पौडेललाई ब्रिफ गरेका थिए । उनले दोस्रो बजारमा कारोबार भइरहेका सम्पूर्ण कम्पनीको सुचकसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न तयारी गरिरहेको समेत जानकारी गराए ।

अध्यक्ष ढुंगानाले आफुले लगानीकर्ताको हितका लागि ५१ कम्पनीको सूची प्रकाशन गरेको भन्दै आफूलाई बदमान गर्ने गरी वदनियत ढङ्गले प्रचार प्रसार गरिएको अर्थमन्त्री समक्ष गुनासो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top