होमपेज / अर्थ
काठमाडौं । सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।शेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा नहुँदै ७४ अंकले घटिसकेको छ । आइतबार ६३ अंकले घटेको नेप्से आज डेढ घण्टामै ७४ अंकले घटेको हो ।
यो सातको दोस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ अंकको बिन्दुमा झरेको छ । आज नेप्सेमा केही उतारचढाव देखिए पनि गत मंगलबार नेपाल धितोपत्र बोर्डको विज्ञप्ति पछि बजारभार खरिदचाप न्यून र बिक्री चाप हाबी हुँदा बजार लगातार ओरालो लागेको छ ।
आज कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट हुँद बजार परिसूचकमा पनि उच्च अंकले घटेको हो । कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १७८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मात्रै बढेको छ । यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका अधिकांश फाइनान्स कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ । जसमा गोर्खाज फाइनान्स,गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स,मल्टिपर्पोज फाइनान्स नकारात्मक सर्किट लेबलमा पुगेका छन् ।