ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा भारी गिरावट

लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेपालगाथा २०७८ असार ६ गते आइतबार १५:५५:१८ मा प्रकाशित

काठमाडौं : सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से सूचक ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा आइपुगेको छ ।गत साता सोमबार ३०२५.८३ अंकसम्म पुगेको नेप्से त्यसपछि लगातार ३ कारोबार दिन करेक्सन भएको थियो । 

आज ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निरन्तर बढिरहेको बजार रोक्न धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेर ‘कारक’ को भूमिका निर्वाह गरेको हो ।गत साता नेपाल धितोपत्र बोर्डले बजार माथि पुगेसँगै जोखि बढेको आशयसहितको विज्ञप्ति जारी गरेको थियो । बोर्डले विभिन्न ५१ सूचीकृत कम्पनीको नाम नै तोकेर जोखिमयुक्त भनेपछि सेयर बजारमा गिरावट सुरु भएको हो।

नेप्से ३ हजार विन्दुबाट माथि लागेपछि कतिपयले निकै छिटो र अस्वभाविक वृद्धि भन्नेसम्मका तर्क गरेका थिए ।आज नेप्सेमा २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १ करोड ९४ लाख २ हजारको कारोबार भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top