ट्रेण्डिङ

होमपेज / अर्थ

दन्त उपचारदेखि सुनकाे हलाेसम्म

कर्णाली बजेट

नेपालगाथा २०७८ असार २ गते बुधबार ००:१०:०८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले कतिपय कार्यक्रम चालु वर्षकै कार्यक्रमलाइ निरन्तरता दिएकाे छ । भाैगाेलिक विकट कर्णालीका नागरिकहरूका समस्या समाधान गर्नेभन्दा महाेत्वकांक्षी र यहीँ वर्षका कतिपय कार्यक्रम बजेटकाे प्राथमिकतामा छन् । बजेटमा प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रमदेखि सुनकाे हलाेबाट सम्मानित गर्नेगरी याेजनाहरू समावेश गरेकाे छ । पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम मुख्यमन्त्री दलित, आयआर्जन कार्यक्रम छाउपडीमुक्त अभियान सञ्चालन, प्रदेश कला गौरवबाट विभूषित र प्रत्येक घर स्वरोजगार कार्यक्रम पनि बजेटमा समावेश गरिएकाे छ ।

यस्तै, कृषि प्राविधिक स्वरोजगार प्रवर्द्धन परियोजना, कृषि उद्योगको अनुकुलतामा उत्पादन, उत्पादनको आधारमा उद्योग, एक स्थानीय तह एक कृषि उपज उत्पादन, मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम ः प्रदेशभरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरष्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएकाे छ । यसैगरी, टिस्युकल्चर ल्याब स्थापना, एक जिल्ला एक उद्योग ग्राम स्थापना र कर्णाली जडिवुटी प्रशोधन उद्योग स्थापना गर्ने बजेटमा समेटिएकाे छ ।

यसैगरी, सुर्खेतमा रहेको प्रदेश आयुर्वेद औषधालय लाई अस्पताल मा रुपान्तरण गरिने र आवश्यक यन्त्र उपकरण र जनशक्तिको लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा याेजना मन्त्री गाेपाल शर्माले जानकारी दिए । प्रदेशका नाैं जिल्लामा आयुर्वेद स्वास्थ्य कार्यालयको स्थापन गर्न आवश्यक बजेट, प्राकृति ,योग होमियोपेथी लगायत बैकल्पिक चिकित्साको विकास र बिस्तार गरिने बजेटमा उल्लेख छ । सुर्खेतको छिन्चुमा जडिबुटीको प्रशोधन उत्पादन कार्यको लागि पाँच करोड बजेट छुट्टाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top