ट्रेण्डिङ

होमपेज / अर्थ

दोहोरो अंकले घट्यो नेप्से,१७ अर्बको सेयर कारोबार

अब के होला ?

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १५:३४:२३ मा प्रकाशित

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार माथिल्लो विन्दुतर्फ अघि बढ्नेक्रममा नेप्सेले बुधबार इन्ट्रा डे कारोबारमा यो उच्चतम विन्दु छोएको हो । सूचकका साथमा खरिदबिक्री रकम पनि उच्च रहेको छ । करिब १९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ । कारोबार रकममा भने उल्लास कायमै छ । दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।

आज अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीलगायत ९ कम्पनीको शेयर मूल्य करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top