होमपेज / अर्थ
काठमाडौं । बैंकिङ क्षेत्रले लिड गर्दा सेयर बजार परिसूचक नेप्से नयाँ उचाइमा पुगेको छ ।
बैंकहरुको सेयर भाउमा क्रमशः वृद्धि हुँदै आइतबार नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५०.१४ अंकले बढेर २९०६.९१ को ऐतिहासिक उचाइमा बन्द भएको छ ।गत साताको अन्तिम कारोबार दिन बिहीबार २८५६.७७ अंकमा बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै बैंकिङ उपसूचकले लिड गर्दा २९०० अंकको ऐतिहासिक विन्दु पार गरेको हो । बजार परिसूचकसँगै कारोबार रकमले पनि रेकर्ड कायम गरेको छ ।
नेप्से सूचक पनि सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा आइपुगेको छ । यो पनि अहिलेसम्मकै उच्च विन्दु हो ।