ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य वृद्धि

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १४:३५:५० मा प्रकाशित

काठमाडौँ । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुईसय रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य ९४ हजार दुईसय कायम गरेको छ । आइतबार तोलाको ९४ हजार कायम गरिएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार ७ सय पुगेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top