होमपेज / अर्थ
काठमाडौं । साताको पहिलो कारोबार दिन बिहीबार तीव्र उतार–चढावबीच सेयर बजार कारोबार रकम र बजार परिसूचक दुवैमा नयाँ रेकर्ड बनेको छ ।बजेट पछि सेयर कारोबारमा नयाँ रेकर्ड स्थापित भएको छ । सरकारले आगामि आगामी आर्थिक वर्ष २०७७ /८७९ को बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर लगानीकर्ताहरु उत्साही भएका छन् । जसको सकारात्मक प्रभाव आइतबारको कारोबारमा देखिएको छ ।
गएको बिहीबार २८१५.४० अंकमा बन्द भएको नेप्से आज आइतबार १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ ।नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ अंकमा पुगेको छ । साथै कारोबार संख्या र रकममा पनि नयाँ रेकर्ड कायम भएको छ ।
गत साता मात्रै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सट ट्रम ट्रेडिङमा रोक लगाएको तथा लघुवित्तको सेयर खरिदमा प्रतिबन्ध लगाएको छ । त्यस्तै, शनिबार आएका आर्थिक अध्यादेशले सेयर बजारमा १ वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्नेलाई लाभकरसमेत बढाएको छ ।
यो दिन १२६ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।