होमपेज / अर्थ
काठमाडौँ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् । पौडेलले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको बताएका छन् ।