ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा निषेधाज्ञाको प्रभाव कमै मात्रामा,यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै बढे

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १६:०८:५६ मा प्रकाशित

सेयर बजारमा निषेधाज्ञाको प्रभाव कमै मात्रामा देखिएको छ ।यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै बढेका छन् ।नेप्से यो साता २६ सय ८४ दशमलव एक अंकमा चढेकामा सेन्सिटिभ इन्डेक्स पनि चार सय ७९ दशमलव ५० अंकमा चढ्न सफल भएको छ ।

यो साता नेप्सेमा दुुई सय २० वटा कम्पनीको तीन लाख ३८ हजार दुई सय आठपटकको कारोबारमा ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।जसबाट कुल कारोबार रकम २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँ पुुगेको छ । गत साता भने नेप्सेमा दुुई सय २६ वटा कम्पनीको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोवारमा सात करोड ५६ लाख चार हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएको थियो ।

उक्त परिमाणमा सेयर किनबेच हुुँदा कुल कारोबार रकम ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच कार्य दिन नै खुला रहेको थियो ।जसमध्ये पहिलो दिन नेप्से घटे पनि दोस्रो, तेस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन १८ दशमलव ५६ अंकले घटेर २६ सय १८ दशमलव ५६ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा १० दशमलव १३ अंकले बढेर दुुई हजार ६ सय ८४ दशमलव एक अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन दुुई दशमलव ३१ अंकले घटेर चार सय ७० दशमलव ७३ अंकमा झरेकोमा अन्तिम कारोवार दिनसम्म आईपुग्दा एक दसमलव १२ अंकले बढेर चार सय ७९ दसमलव ५० अंकमा पुग्न सफल भएको थियो ।नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एन्ड कर्मस बैंक आदि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी आदि परेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंकलगायत कम्पनीहरु परेका छन् ।यो साता सहारा विकास बैंक, गणपति लघुुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top