ट्रेण्डिङ

होमपेज / अर्थ

सिद्धार्थ बैंकद्वारा कर्णाली प्रदेश विपद् कोषमा १० लाख जम्मा

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली सरकारको विपद् व्यवस्थापन कोष

नेपालगाथा २०७८ बैशाख २९ गते बुधबार १४:५५:११ मा प्रकाशित

सुर्खेत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले १० लाख रुपैयाँ जम्मा गरेकाे छ ।

बुधबार सिद्धार्थ बैंकको तर्फबाट बैंकका म्यानेजर रञ्जन कोइराला र उहाँकाे टिमले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कर्णाली प्रदेशमा काेराेना भाइरसकाे स‌क्रमणले बिरामीकाे दर बढ्नुका साथै मृत्यु हुनेकाे संख्या पनि दिनानुदिन बढिरहेकाले उक्त राेग राेकथाम र नियन्त्रणमा सहज हाेस् भनेर कर्णाली प्रदेश सरकारलाई रकम हस्तान्तरण गरेकाे बैंकका म्यानेजर रञ्जन कोइरालाले नेपालगाथालाई बताउनुभयाे । 

गत वर्ष पनि सिद्धार्थ बैंकले काेराेना महामारीकाे शुरुवातमा नै कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा १० लाख रुपैयाँ जम्मा गरेकाे थियाे । सामाजिक सेवाकाे कार्यमा सधै अगाडि देखिएकाे सिद्धार्थ बैंकले यस वर्ष पनि विपद् व्यवस्थापन काेषमा अन्य बैंककाे तुलनामा अगाडि नै रकम जम्मा गरेर सामाजिक उत्तरदायित्वकाे कार्यलाई पूरा गरेकाे छ । 

‘पछिल्लाे समयमा तीब्र गतिमा देखिएकाे काेराेना भाइरस राेकथामका लागि प्रदेश सरकारले अधिकतम प्रयास गरिरहेकाे बताउँदै मुख्यमन्त्री शाहीले कठिन परिस्थितिकाे सामना गर्न सरकार र सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनुभयाे । यसै अवसरमा सिद्धार्थ बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेकाेमा धन्यवाद व्यक्त गर्दै अन्य बैंक र संस्थाहरुकाे पनि हातेमालाे हुनेमा विश्वास व्यक्त गर्नुभयाे ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top