होमपेज / अर्थ
काठमाडौँ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार आठ सय रुपैयाँ छ ।
हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।