ट्रेण्डिङ

होमपेज / अर्थ

विहिबार नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २हजार ६ सय ३७ दशमलव १३ विन्दुमा

नेपालगाथा २०७८ बैशाख २३ गते बिहीबार १६:१०:५३ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक १२.४ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर २६३७.१३ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २ सय १६ कम्पनीका १ करोड ५९लाख कित्ता– इकाई सेयर किनबेचहुँदा ६ अर्ब ७९ करोड २७ लाख रुपैंयाको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा कम्पनीमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट रहेको छ ।यस्तै एनसीसी बैंकको ४२ लाख बराबरको कारोबार भएको छ ।

यस दिन काराबोरमा आएका १३ समूहमध्ये ३ समूहको सूचकमात्र सकारात्मक रहेका छन् भने वाँकि रहेका ११ समूहकोे सूचक नकारात्मक रहेका छन्। सबैभन्दा हाइड्रो पावर समूहको सूचक घटेको छ भने सबैभन्दा बढ्ने समूहको सूचकमा वैंकिङ समूह रहेको छ।

खानी खोला हाइड्रोपावर, जनउत्थान सामूहिक लघुवित्त, महिला लघुवित्त, समता लघुवित्तलगायत चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी आज बैंकिङ, लगानी र फाइनान्सबाहेक सबै उप समूह घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top