ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से ५ अंकले घट्यो

नेपालगाथा २०७८ बैशाख २२ गते बुधबार १५:४४:१० मा प्रकाशित

काठमाडौँ । बुधबार (आज) सेयर कारोबार मापक नेप्से ५.०९ अंकले घटेर २ हजार ६ सय ४९.६० अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ कारोबारबाट १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँ पुगेको हो ।

लगातार मूल्य बढिरहेको विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । अर्को रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top