ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढ्दै २६५४.६९ विन्दुमा

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १५:५१:४१ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढ्दै २६५४.६९ विन्दुमा पुगेको छ । पहिलो एक घण्टामा पाँच दशमलव ६२ अंकले घटेको नेप्से कोरोबारको तेस्रो घण्टामा दुई दशमलव २७ अंकले बढेको थियो ।

आज एक करोड ३० लाख ९ हजार ४५० कित्ताको सेयर किनबेचमा ६ अर्ब ४ करोड ८६ लाख २ हजार १९० रुपैयाँको कारोबार भयो । आज नौं कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

समता लघुवित्त र महिला लघुवित्तको सेयर १० प्रतिशतले बढ्यो भने विशाल बजार, राधी जलविद्युत, रुरु लजविद्युतलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top