होमपेज / अर्थ
काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।
महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । अर्थात् शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।