होमपेज / अर्थ
काठमाडौं । कारोबारको ४५ मिनेटमा करिब ५० अंकले घट्न पुगेको नेप्से केही बढ्दै पुन ५० मिनेटमा ४५ अंकमा झरेको छ । आइतबार प्रि-ओपन समयमा नेप्से परिसूचन १६ अंक बढेको थियो । कारोबारको पहिलो दिन नेप्से परिसूचक ५० मिनेटमा १.७० प्रतिशतले घट्दै २६०२.९१ विन्दुमा पुगेको छ ।
अहिलेसम्म भएको २२ लाख २० हजार ९९३ कित्ता सेयर किनबेचमा १ अर्ब १७ करोड ७० लाख ६० हजार ३३२ रूपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको २३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । अहिले सबै उपपरिसूचक घटेका छन् ।