होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । विगत केही समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४०० घट्दै ९१ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ ।
तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ । यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।