होमपेज / अर्थ
काठमाडाैं । रुरु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक सेयर आईपीओ बाँडफाँट हुँदै छ। बिहान साढे ८ बजे बाँडफाँट हुने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।
१६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यसअनुसार आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुनेछ। चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।
कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाई भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता मात्रै वितरण हुनेछ।हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।