ट्रेण्डिङ

होमपेज / अर्थ

बिहीबार सुनको मूल्य एक हजारले वृद्धि

नेपालगाथा २०७७ चैत्र २६ गते बिहीबार ११:३०:४५ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top