ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम उत्साहजनक

नेपालगाथा २०७७ चैत्र २५ गते बुधबार १५:५०:४३ मा प्रकाशित

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २ दशमलव ८५ अंकले घट्दै २६७१.६२ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ताको किनबेचमा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर कारोबार भएको छ । आज नीफ्राको कारोबार २७ करोड रुपैयाँ बराबर भएको छ । महिला लघुवित्तको शेयर करीब १० प्रशितले बढेको छ । यसैगरी चन्द्रागिरीको पनि आज करीब १० प्रतिशतले नै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top