ट्रेण्डिङ

होमपेज / अर्थ

कृषि विकास बैङ्कको सञ्चालकमा दिर्घराज मैनाली

नेपालगाथा २०७७ चैत्र २३ गते सोमबार १४:२३:२८ मा प्रकाशित

काठमाडौँ। कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा मैनाली बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । उनलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको हो ।

अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् । उनलाई चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top