ट्रेण्डिङ

होमपेज / अर्थ

५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालगाथा २०७७ चैत्र १७ गते मंगलबार ११:५९:१२ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज सुन ५ सय रुपैयाँले घटेको छ । सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । नेपाली बजारमा आज (मंगलबार) छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top