ट्रेण्डिङ

होमपेज / अर्थ

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालगाथा २०७७ चैत्र १६ गते सोमबार १३:१३:५५ मा प्रकाशित

काठमाडौँ । सोमबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार फागु पर्वको अवसरमा दिइएको सार्वजनिक बिदाले सुनको भाउ निर्धारण गरिएको थिएन ।

यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top