होमपेज / अर्थ
काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य ६ सयले ओरालो लागेको छ । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन आज प्रतितोला ८५ हजार ८५० रुपैयाँमा खरिद बिक्रि भएको छ । नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।