होमपेज / अर्थ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)लाई स्पष्टीकरण सोधेको छ ।सूचना चुहावट गरेको भन्दै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) सँग स्पष्टीकरण सोधेको हाे ।
लन्डन स्टक एक्सचेन्जमा सूचीकरण गर्ने, बोन्ड जारी गर्ने भन्ने सार्वजनिक रूपमा बोलेको विषयको आधिकारिकताका सम्बन्धमा स्पष्टीकरण सोधेको हो । नेप्सेले तीन दिनभित्र स्पष्टीकरण दिन निफ्रालाई निर्देशन दिएको छ ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने खालका सूचना सम्प्रेषण गरेको नेप्सेले उल्लेख गरेको छ । जसमा नेप्सेले अनलाइन पत्रिकामा आएको जस्तो निफ्राले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुनेजस्ता सूचना कसरी आयो ?
“३० मिलियन डलरको बन्ड ल्याउने, लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने, चालु आर्थिक वर्षभित्रमा नै ८.५ प्रतिशतको ब्याज तोकी त्यसको कम्पनीले बन्ड जारी गर्ने समाचार के कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको हो ? इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स बन्डका सम्बन्धमा के कति मात्रामा कस्तो छलफल अघि बढाइको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांस वितरण गर्नेजस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो ?” तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निफ्रालाई निर्देशन दिइएको छ ।